त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित दुुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौका ७० वर्षीय पुरुष र तनहुँकी २० वर्षीया महिला रहेको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सगुन थपलिया जानकारी दिइन्।
गत १५ गते कोरोना पोजेटिभ देखिएको पुरुष सुगर र प्रेशरका बिरामी रहेको अस्पतालले जनाएको छ। त्यस्तै महिलामा भने एसएलई बाथ रोग थियो। उनमा हिजो मात्रै कोरोना पुष्टि भएको थियो।
मृतक दुवैको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको अस्पतालले जनाएको छ।