प्रदेश २ मा कोरोना महामारी बढेसँगै पर्साको ग्रामीण भेगमा रहेको २ नाकाहरुबाट तस्करी फस्टाएको छ ।
भारतको सिक्टाबाट नेपालको लहवारथकरी सबैठवा, सबैठवाबाट भिस्वा, जयमंलापुर, मिर्जापुर, बुडगाई तथा भेडिहार्वाबाट तस्करी फस्टाएको हो।
सशस्त्र प्रहरी बेस क्याम्प सबैठवा र भिस्वा बंजारीका सशस्त्र प्रहरी निरीक्षकहरु नयाँ सरुवा भएर आएका कारण सकेसम्म कमाउने मानसायमा लागेकाे पकहामैनपुर तथा छिपहरमाई गाउँपालिकाका अगुवाहरुले आरोप लगाएका छन्।
‘पकहामैनपुर र छिपहरमाईका स्थानियहरुले दैनिक उपभोग्य सामान खरिद गरेर ल्याउदा रोक्ने र ५० रुपैयाँदेखि १ सयसम्म असुलेर छाड्ने गरेको छ,’ एक स्थानियले भने।
भारतीय बजार सिक्टाबाट तस्करहरुले करुतेल, चिनी, कपडा, औषधी, सुर्तीलगायत अन्य सरसमान भन्सार छलेर ल्याउने गरेकाे स्थानियको दावी छ ।
पोखरीया बजारमा रहेका २ दर्जन भन्दा बढी पसलहरुमा तस्करहरुले रातिराति मोटरसाइकल तथा साइकलमा सरसामान लोड गरी पुर्याउने गरेका छन्।
‘सशस्त्र प्रहरी बेस क्याम्प सबैठवा र भिस्वाले महिनवारी ५ देखि २५ हजारसम्म प्रति तस्कर मार्फत लिने गरेको छ,’ नाम न बताउने शर्तमा एक तस्करले बिएल नेपाली सेवासँग भने, त्यती मात्र होइन यी दुबै नाकाबाट लागुऔषध गाँजा, चरेस र अफिमकाे पनि एकमुस्ट रकम गुमुवा मार्फत असुल्छन्।’
छिपहरमाई र कालिकामाईको बिचमा पर्ने सिक्टा खोलाको झोलुंगे पुल नजिकै सशस्त्र प्रहरी सबैठवा र भिस्वाका सिभिल ड्रेसमा बसेका सशस्त्र प्रहरीले मोटो रकम असुल्ने गरेको खेतमा काम गर्ने कृषकहरु बताउछन्।
यता पकहामैनपुरको खेसारहा, भेलहा, धोरे नाकाबाट पनि अबैध लागुओैषध गाँजा, चरेस र अफिम भारततर्फ् तस्करी हुँदा सशस्त्र प्रहरीले नजराना असुल गरी मोटो रकम कमाउने दिशामा उन्मुख भएको स्थानियको आरोप छ।