बाग्चौर नगरपालिकामा एक महिनाअघि आफ्नै विद्यालयका शिक्षकबाट बलात्कृत भएकी १४ वर्षीया बालिका ४ दिनदेखि बेपत्ता भएकी छिन्।
ती बालिकालाई बाग्चौरस्थित एक विद्यालयका शिक्षक रामचन्द्र केसीले बलात्कार गरेको आरोप छ। बालिकाका आफन्तले ती शिक्षकविरुद्ध साउन ८ गते प्रहरीमा जाहेरी दिएका थिए।
शिक्षक केसीले विभिन्न प्रलोभन देखाइ बालिकामाथि पटकपटक बलात्कार गरेको पीडित परिवारको आरोप छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बालिका घरबाटै बेपत्ता भएकी हुन्।
घटनापछि फरार रहेका केसीको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताए।
उनका अनुसार बालिकाको खोजीसमेत जारी छ।