युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा भूपू भारतीय सैनिक पक्राउ

सांकेतिक तस्वीर

एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरामा एक जना भूपू भारतीय सैनिक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा पोखरा १० अन्नपूर्ण टोल बस्ने भूपू भारतीय सैनिक ५५ वर्षीय हरिबहादुर गुरुङ हुन्।

गत भदौ १२ गते राति साढे ८ बजे स्थानीय २३ वर्षीया महिलालाई डर, धाकधम्की देखाई जबरजस्ती करणी गरेको कसूरमा कास्की प्रहरीले पोखरा १० बाट सोमवार उनलाई पक्राउ गरेको हो। 

गुरुङविरुद्ध करणीसम्बन्धी कसूरअन्तर्गत कास्की जिल्ला अदालतबाट १० दिन म्याद थपी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। 

प्रकाशित मिति: : 2020-09-01 18:44:57

प्रतिकृया दिनुहोस्