डोटी केन्द्रविन्दु भएर भूकम्पको धक्का

जिल्लाको केआइसिंह गाउँपालिका १ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
 
भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महशुस गराएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशमा डोटी केन्द्रविन्दु भएर पहिलो पटक भूकम्प गएको हो ।

भूकम्पका कारण अहिलेसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

प्रकाशित मिति: : 2020-09-01 17:58:21

प्रतिकृया दिनुहोस्