भक्तपुरमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ।
मंगलबार दिउँसो करिब सवा १ बजे चाँगुनारायण नगरपालिका ८ बस्ने २५ वर्षीय योगेन्द्र लिम्बूको शव फेला परेको महानगरीय प्रहरी परिसर, भक्तपुरकी एसपी तारादेवी थापाले जानकारी दिइन्।
उनी सोमबार दिउँसो आफ्ना साथीसँग कलमसी बोजनी रिसोर्टनजिकै रहेको पोखरीमा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएका थिए।
सोमबार नै प्रहरीले उक्त पोखरीमा खोजतलासी गरेको थियो। तर धेरै गहिरो र दलदल भएको कारण भेटिन नसकेको डिएसपी गिरीले बताएका थिए।
साँझसम्म पनि नभेटिएपछि मंगलबार बिहानै सेनाको गोताखोर टोली, सशस्त्र प्रहरी र प्रहरीको टोलीले उनको खोजी थालेको थियो।