यसरी राख्न सकिन्छ, कलेजो स्वस्थ !

सांकेतिक तस्बिर

मानव शरीरमा कलेजो एक महत्वपूर्ण अंग हो। यदि कलेजोमा कुनै कमी छ भने अन्य शरीरका अंगहरु पनि बिग्रन थाल्छन्। त्यसैले कलेजोलाई स्वस्थ राख्न जरुरी छ। कलेजोले खानामा भएको पोषक तत्वलाई अलग गर्नका साथै रगतको सहायताले आवश्यकता अनुसार अन्य अंगहरुमा पुर्‍याउँछ। कलेजोले धेरै पौष्टिक तत्वहरू, जस्तै आइरन, केही भिटामिन र खनिजहरूलाई समाहित गर्दछ। जसले समयमै ऊर्जा  दिनका साथै शरीरबाट विषाक्त सामग्री हटाउन काम गर्दछ। त्यसैले आज चर्चा गरौं कलेजो स्वस्थ राख्ने विषयबारे। जसलाई तल दिइएको छ। 

बेसार 
बेसारले प्राकृतिक रूपमा शरीरबाट नराम्रो चीजहरुलाई हटाउँछ। यसले कलेजोमा हुने क्षतिलाई कम गर्नका साथै फ्याट, पित्तको रसको उत्पादन बढाउँदछ। बेसारले कलेजोलाई स्वस्थ राख्न मद्दत गर्दछ। त्यसैले यसको प्रयोग गर्नु फलदायी साबित हुन्छ। 

चुकन्दर
चुकुनलाई फलामको एक राम्रो स्रोत मानिन्छ। भिटामिन सी समृद्ध चुकन्दरले पित्त र एन्जाइमहरू ठीक राख्नका साथै बेटाकारोटिन र फ्लाभोनाइड्स समावेश गर्दछ। त्यसैले दैनिक खाना यसको प्रयोग गर्नु उचित रहन्छ।

गाजर
गाजरमा भिटामिन, बेटाकारोटिन र फ्लाभोनाइडका साथै ग्लुटाथियोन भनिने प्रोटीन हुन्छ जसले कलेजोलाई रोगबाट जोगाउन मदत गर्दछ। त्यसैले बढि मात्रामा गाजरको सेवन गर्नुपर्दछ। यसलाई सलाद र तरकारीको साथ खान सकिन्छ। 

ओखर 
ओखर कलेजोको लागि राम्रो मानिन्छ। ओमेगा फ्याट्टी एसिडहरुको स्रोतले कलेजो सफा राख्छ। यसमा ग्लुटाथियोन प्रोटीन पनि हुन्छ। त्यसकारण यसको सेवन गर्नु उचित छ। 

ब्रोकाउली
तरकारीको रुपमा खाने गरेको ब्रोकाउली पनि कलेजोको लागि फाइदाजनक छ। यसले कलेजोलाई स्वस्थ राख्दछ। जसले गर्दा कलेजोले राम्रोसंग काम गर्न सक्दछ। 


 

प्रकाशित मिति: : 2020-09-01 10:15:56

प्रतिकृया दिनुहोस्