रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारीको हत्या प्रकरणमा संलग्न रहेकाे आराेपमा प्रहरीले २ जनालाई पक्राउ गरेकाे छ।
प्रहरीले रामनरेश पटेल र बालकुमार पटेललाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई नेपाल प्रहरी प्रहरीले पुर्वीचन्पारण मोतीहारी ढाकाथाना क्षेत्रबाट ल्याएको हो।
हाल पक्राउ परेको दुवै जनाले अभियोग भने स्वीकारिसकेका छैनन्।
हत्या प्रकरणमा जाेडिएका भनिएका देवाही गोदाही नगरपालिका १ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल भने अझै फरार छन्।
प्रारम्भिक अनुसन्धानमा पुजारी श्रीराम शाहको हत्यामा धार्मिक कारण नदेखिएको प्रहरी स्रोतले बतायो।
यही भदौ ३ गते राति खाना खान बसेका बेला पुजारी श्रीराम साह तेलीलाई अज्ञात व्यक्तिले कन्चटमा गोली हानेर हत्या गरेको थियो। हत्या भएको एक हप्ता पुगिसक्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको थिएन।
यद्यपि प्रहरीले अनुसन्धान तीव्र बनाएको जनाएको थियाे। तर अनुसन्धानमा कुनै महत्वपूर्ण सफलता हात पार्न नसकेको भन्दै नागरिक समाजले विरोध जनाइरहेका थिए।
तेली हत्याकाण्डको विषयमा छानबिन गर्न प्रदेश २ को प्रहरी टोलीसमेत खटिएको छ। प्रदेश २ प्रहरी कार्यालयका तर्फबाट अनुसन्धानका लागि रौतहट आएका एसएसपी यज्ञ विनोद पोखरेलले घटनाको विविध पक्षबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन्।