रौतहटको पुजारीको हत्या अभियोगमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेल छन्।
उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा बिहारबाट पक्राउ गरी रौतहट ल्याइएको प्रहरीले जनाएको छ।
उनीहरूलाई पूर्वीचन्पारण मोतीहारी ढाकाथाना क्षेत्रबाट पक्राउ गरेर नेपाल ल्याइएको हो।
माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पूजारी श्रीराम साहको भदौ ३ गते राति हत्या भएको थियो।
खाना खान लागेका पूजारीको गोली हानी हत्या भएको थियो। घटनाको प्रारम्भिक अनुसन्धानमा पुजारीको हत्या धार्मिक कारण नभएको देखिएको प्रहरीले जनाएको छ।