दार्चुलामा भेटिए स्क्रब टाइफसका बिरामी

सांकेतिक तस्बिर

जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएका छन्।  दुई महिला र तीन पुरुष गरी पाँच जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।  

महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक  पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जिल्ला अस्पतालका डा गजेन्द्र दुवालले जानकारी दिए। 

उनीहरुमध्ये एक जनालाई धनगढी रेफर गरिएको तथा एक जनालाई जिल्ला अस्पतालमा भर्ना गर्नका साथै अन्यको सामान्यावस्था रहेको उनले बताए। 

'स्क्रब टाइफसको जस्तै लक्षण भएका बिरामी अस्पताल आएपछि परीक्षण गरिएको हो' उनले भने। यसअघि पनि मालिकार्जुन गाउँपालिकामा स्क्रब टाइफसको लक्षण देखिएको थियो।
 

प्रकाशित मिति: : 2020-08-31 13:07:54

प्रतिकृया दिनुहोस्