कालिकोट पहिरोमा मृत्यु हुनेको संख्या १० पुग्याे

कालिकोटकाे तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेकाे छ। घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ। आइतबार बिहान नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए।

पहिरोमा पुरिएर नाग्म पसल गरी बसेका ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोराको मृत्यु भएको कालिकाेटका इन्सपेक्टर यक्षराज जोशीले जानकारी दिए। शाही परिवारको घर शुभकालिका गाउँपालिका मुंग्रा भएपनि नाग्ममा पसल गरि बसेकाे गियाे।

अर्को एक परिवारका तीन सदस्यको पनि सोही पहिरोमा परेर मृत्यु भएको छ। मृत्यु हुनेमा तिलागुफा–१ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको मृत्यु भएको छ।

त्यस्तै तिलागुफा १ कै ३५ वर्षीय मनविर कटुवालको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ भने सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र उनकोमा काम गर्ने २२ वर्षीय अमृत थापाको पनि सोही पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सदरमुकामबाट दुर्गम क्षेत्रमा रहेकाले घटनास्थलमै मृतकहरुको पोष्टमार्टम गरिने कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए।

प्रकाशित मिति: : 2020-08-31 11:41:31

प्रतिकृया दिनुहोस्