ओडिशामा बाढी, मृतककाे संख्या १७ पुग्याे

भारतको ओडिशामा भारी वर्षासँगै आएकाे बाढीमा परि मृत्यु हुनेकाे संख्या १७ पुगेकाे छ।

महानदीसहितका अरु नदीमा आएको बाढीका कारण छत्तीसगढ, झारखण्ड र ओडिशा लगायत राज्यका २० जिल्ला प्रभावित भएका छन् ।

धेरै क्षेत्र डुबानमा परेका छन् । कटक, जाजपुर, केन्द्रपडा, खोर्धा, पुरी र भद्रक जिल्लामा जनजीवन गम्भीर रुपमा प्रभावित भएको स्थानीयवासीहरुले बताएका छन्। बाढीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । यस्तै  बाढीले बालीमा पनि असर गरेको छ ।

उनीहरुले खाना तथा पिउने पानी पाएका छैनन् । धेरै मानिसहरुले घरको छत र छानोमा बसेर ज्यान जोगाएका छन् । यस्तै नदीको बाँध तथा राहत शिविरमा बाढी प्रभावितहरु बसिरहेका छन् ।

प्रकाशित मिति: : 2020-08-31 08:21:24

प्रतिकृया दिनुहोस्