वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीलाई पितृ शोक परेको छ।
सरावगीका बुवा चिरञ्जीवीलाल सरावगीको सोमबार बिहान १२ः ०५ बजे काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
गत साउन २२ गते उनमा कोरोना संक्रमण देखिएपछि थप उपचारको लागि वीरगञ्जबाट काठमाडौं लगिएको थियो। उनी साउन २४ गते नै ग्राण्डीमा उपचारार्थ भर्ना भएका थिए।
पारिवारिक स्रोतका अनुसार भदौ २ गतेको परीक्षणमा उनी कोरोनामुक्त भएका थिए।
मुटु र मृगौलामा जटिल समस्या देखिएपछि उनको अतिसघन कक्षमा राखेर उपचार गरिएको थियो।
वीरगञ्जमा २००० सालमा जन्मिएका सरावगी समाजसेवीको रुपमा स्थापित थिए। उनी वीरगञ्ज उधोग बाणिज्य संघको पूर्वअध्यक्ष, मारवाडी परिषद्को केन्द्रीय अध्यक्ष, लायन्स क्लवको गभर्नर लगाएत धेरै सामाजिक संघ संस्थामा आवद्द थिए।उनका दुई छोरा र एक छोरी छन्।
उनको आज बिहान १० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम तय गरिएको छ।