देशभर साेमबार दिउँसोको मौसममा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज प्रदेश १, २ र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अन्य भू-भागको मौसममा आंशिक बदली रहेको छ।
आगामी २४ घण्टामा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र २ का एक/दुई स्थानहरूमा भारी वर्षा हुनसक्छ।
हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ। साथै भारतको छत्तीसगढ राज्य तथा आसपासको क्षेत्रमा न्युन चापीय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली बिस्तारै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै जाने देखिएको मौसमविद्ले बताएका छन्।