जब निषेधाज्ञाकै समयमा हजारौंको संख्यामा उपस्थित भएर ‘दाहा’ मनाए...

प्रशासन मुख दर्शक

तराईका अधिकांश जिल्लामा मुस्लिम धर्मावलम्बीले मनाउने मोहर्रम पर्व कोरोना महामारीका कारण प्रभावित भए पनि महागढीमाई नगरपालिकामा कुनै असर देखिएन।

मुस्लिम धर्मका अगुवाले मोहर्रम पर्व घरमै बसेर मनाउन आग्रह गरे पनि वडा नम्बर ३ र १० गन्जभवानीपुरमा मुस्लिम समुदायले अटेर गरेर प्रहरी चौकी नजिकै ताजिया अर्थात दाहा मनाए।

प्रहरी चौकीदेखि २ सय मिटर उतरतर्फ खाली मैदानमा हजारौंको संख्यामा भेला भएर मोहर्रम मनाएको स्थानीयले बताएका छन् ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डित, प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनी तथा प्रहरी नायब उपरीक्षक गौतम मिश्रलाई जानकारी गराउँदासमेत उनीहरू मौन बसेका थिए।

कोरोना महामारीमा एक दुई जना सडकमा देख्ने बितिकै प्रहरीले लाठी चार्ज गर्नुको साथै मास्क प्रयोग नगर्नेलाई दण्ड जरीवाना गर्दै आएको प्रशासन मौन बस्नु मुस्लिम समुदायप्रतिको रहस्य सावित भएको स्थानीयले आरोप लगाएका छन्।

महामारीबाट बच्न भन्दै जिल्ला प्रशासन कार्यालय बाराले अनिश्चितकालि निधेषाज्ञा लागू गरेको छ। अत्यावश्यक पसलसमेत निश्चित समयमा खोल्न पाइने भए पनि सबै हाट बजार बन्द छ। यद्यपी मोहर्रम पर्व यसरी भिडभाडका साथ लगाउनु गलत भएको भन्दै नागरिक समाजले प्रशासनप्रति आक्रोश पोखेका छन्।

नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका अनुसार बारा र पर्साका मुस्लिम धर्मावलम्बीलाई मनाउँदै आएको मोहर्रम पर्व यसपटक घरमै बसेर मनाउन नेपाल सरकारको निर्देशन अनुसार अनुरोध गरेको स्पष्ट पारेको छ।

प्रकाशित मिति: : 2020-08-31 00:21:23

प्रतिकृया दिनुहोस्