माेरङ कारागारमा रहेका एक जना बन्दीको मृत्यु भएको छ । सुन्दरहरैंचा नगरपालिका ४ का २६ वर्षीय फुर्वासिंह तामाङको शनिबार मृत्यु भएको हो ।
शुक्रबार राति पेट दुखेको भनेपछि उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएको थियाे। र, त्यहीँ उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।
तामाङको श्वासप्रश्वासमा समस्या आएपछि मृत्यु भएको कोसी अस्पतालका प्रवक्ता डा लक्ष्मीनारायण यादवले बताए ।
उनको स्वाब संकलनका लागि परीक्षणका लागि पठाइएको छ।
प्रहरीका अनुसार जिल्ला अदालत मोरङले चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि फागुनदेखि तामाङ बन्दी जीवन बिताइरहेको थिए।