बढी मूल्यमा युरिया मल बिक्री गर्ने ब्यापारी पक्राउ

पर्साको सखुवाप्रसौनि गाउँपालिका ३ कटयदौरवानाबाट बढी मूल्यमा युरिया मल बिक्री गर्ने ब्यापारीलाई प्रहरीले पक्राउ गरेकाे छ।

प्रति बोरा ९ सय मूल्य पर्ने युरिया मल ११ सयदेखि १३ सय रुपया बिक्री गर्ने आरोप स्थानियले प्रहरीलाई खबर गरेपछि मल ब्यापारी ममताज अन्सारीलाई शनिबार बिहान पक्राउ गरेकाे स्थानिय हरिशंकर चौरसियाले बताए। 

उनका अनुसार  ईलाका प्रहरी कार्यालय पटेवर्वा सुगौलीको सई साहिर हुसेनको कमान्डमा रहेको टोलीले अन्सारीलाई नियन्त्रणमा लिएको हाे। 

 प्रहरीले ब्यापारी अन्सारीलाई छोड्न नसक्ने बताए पनि छोडाउन स्थानिय नेताहरुको दवाव दिरहेकाे चाैासियाकाे दावी छ।

प्रकाशित मिति: : 2020-08-29 10:14:44

प्रतिकृया दिनुहोस्