ठूलो परिमाणमा अबैध काठसहित दुई ट्रयाक्टर पक्राउ

पर्साको जगरनाथपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अबैध काठसहित दुई ट्रयाक्टर पक्राउ गरेको छ । 

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरबाट सशस्त्र प्रहरी निरीक्षक किशमान तमाङको नेतृत्वमा खटिगएकाे टोलिले जगरनाथपुर गाउँपालिका २ को लक्ष्मीपुरमा अबैध रुपमा फडानी गरी ना ५ त ३९५४ र ना ७ त २०२७ नं को दुई वटा ट्रयाक्टरमा लोड गरी ल्याउदै गरेको अन्दाजी मूल्य १३ लाखको  (काठ र ट्रयाक्टर सहित) ४०(चालीस) थान गोलीया अ.१५० क्यु फिट सिमल(कपोक)को नियन्त्रणमा लिएकाे हाे।

 सशस्त्रका प्रहरीको  टोलीलाई देख्नसाथ तस्करहरुले ट्रयाक्टर र काठ छाडेर भागेकोले पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरीले जनाएकाे छ।

बरामद गरिएकाे काठसहित ट्रयाक्टरलाई आवश्यक कारवाहीको लागि सेक्टर बन कार्यालय बसन्तपुरमा पठाइने सशस्त्र प्रहरी निरीक्षक तमाङले जानकारी दिए
 

प्रकाशित मिति: : 2020-08-28 19:41:48

प्रतिकृया दिनुहोस्