मलेसियाबाट नेपाल ल्याइयाे १५ शव

कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको केही दिनदेखि राेकिएकाे उद्धार पुन: थालिएकाे छ। साथसाथै त्यहाँ राेजगारीकाे सिलसिलामा पुगेर विभिन्न कारणले मृत्यु भएका नेपालीको शव पनि ल्याउन थालिएकाे छ।

बिहीबार साँझ मात्रै मलेसियाकाे राजधानी राजधानी क्वालालाम्पुरबाट २६२ कामदार र १५ शव काठमाडौं ल्याइएको छ।  

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीलेका अनुसार समस्यामा परेका २६२ जनालाई नेपालीलाई नेपाल एयरलायन्सको विमानबाट उद्धार गरिएको हाे।

उक्त विमान बिहीबार साँझ साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। उक्त चार्टर्ड विमानमा एउटा १५ वटा पनि ल्याइएको छ। उक्त शव परिवारलाई हस्तान्तरण गरिने उनले बताए।

विदेशमा विभिन्न कारणले मृत्यु भएकाको शव वैदेशिक रोजगारी बोर्डले निःशुल्क घरसम्म पुर्‍याउने व्यवस्था गरेकाे छ। यसअघि मृतकका आफन्तले निःशुल्क शव ढुवानीका लागि काठमाडौं आएर निवेदन दिनुपर्ने व्यवस्था थियो। 

कोरोनाको कारण काठमाडौं उपत्यकामा मृतकका आफन्त आउन नसकेकाे खण्डमा परिवारसँग समन्वय गरी बोर्ड आफैंले शव बुझेर उनीहरूको घरसम्म पुर्‍याइदिने गरेकाे छ।

प्रकाशित मिति: : 2020-08-28 09:52:02

प्रतिकृया दिनुहोस्