रौतहट । रौतहट सदरमुकाम गौरको नेपाल भारत सीमामा १५ फिटसम्म पानी जमिसकेको छ।
तीनदिनदेखि लगातार परेको वर्षाले रौतहटको सदरमुकाम गौरलगायत सबै स्थानीय तहको जनजीवन अस्तव्यस्त बनेको छ।
रौतहटको पूर्वतर्फ भएर बग्ने बागमती नदि र पश्चिम भएर बग्ने लाल बकैया नदीको बाँध फुट्दा सदरमुकाम गौर पुरै जलमग्न भएको हो।
डुवानले गर्दा गौरको प्रहरी भन्सार सुरक्षा गार्डको कार्यालयको छाना मात्र देखिएको छ। भुई तल्ले घरहरू डुबिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
उता कारागारको पहिलो तलासमेत डुवानमा परिसकेको छ। ससस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणसमेत डुवानमा परेको छ।
सदरमुकाम गौरबाट अन्य स्थानीय तह जोड्ने सडक सबै अबरूद्ध भएपछि डुवानमा फसेकाको उद्धारमा समस्या भएको छ।
गौरको ब्यवसायीको सामान सबै पानीले भिजेको छ।
भारतीय सीमा जोडिएका नाकामा पानीको सतह बढेकाले त्यहाँ स्थापित प्रहरी चौकी ब्रम्हपुरी बसतपुर, प्रहरी चौकी औरैया, भन्सार सुरक्षा गार्ड प्रहरी कार्यालय सुरक्षित स्थानमा स्थानन्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
पानीको सतह बढ्दै जादा र डुवानले गर्दा रौतहटमा ४ सय ३२ घर भन्दा बढिका २ हजार ५ सय मानिस बिस्थापित भएका छन्। उनीहरूलाई विद्यालय र आफन्तको घरमा शरण दिइएको छ।
माधव नारायण नगरपालिका– ८ स्थित भोला महतोले सञ्चालन गरेको बागमती कृषि तथा पशु फार्ममा पालिएको ४६ वटा राँगा भैसी बागमतीले बगाएको छ।