मोरङको रंगेलीस्थित रतुवामाई नगरपालिकामा रहेको रतुवा खोलाको बाँध फुट्दा ४० घर डुवानमा परेको छ।
बुधबारदेखि परिरहेको अविरल बर्षाका कारण बाँध फुटेको हो। स्थानीयका अनुसार रतुवामाई नगरपालिका १० स्थित मंगलबारेमा रतुवा खोलको बाँध फुटेको हो।
खोलाको पानी घरमा प्रवेश गरेको छ।
स्थानीय प्रहरीहरू उद्धार कार्यमा जुटेका छन्। घरबाट अन्नहरू बाहिर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो ३ बजे पानी रोकिएपनि खोलामा आएको बाढीले जनजीवन कस्टकर बनाएको छ।