काठमाडौं। विगत दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परि शुक्रबार दिउँसोसम्म १२ जनाको ज्यान गएको छ भने ८ जना बेपत्ता भएका छन्।
गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंमा ३, काभ्रेमा २ तथा पर्सा, भोजपुर, रामेछाप, सिन्धुली, ललितपुर र धादिङमा एक एक जना छन्।
यस्तै खोटाङमा ३, काठमाडौंमा २ तथा मोरङ, सुनसरी, महोत्तरी र पाँचथरमा एक एक जना बेपत्ता भएका छन्।
घाइत हुनेमा रौतहटमा ५ जना, काभ्रेमा २ तथा सिराहा, सर्लाही, खोटाङ, भोजपुर, र ललितपुरमा एक एक जना घाइते भएका छन्।
सडक अवरुद्ध
लगातारको वर्षाले मुलुका प्रमुख राजमार्गहरु अवरुद्ध भएका छन्।
विपी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, सुनसरी– रामधुनी, धनकुटा–पाख्रीबास, उदयपुर–रौतामाई, गाईघाट–खोटाङ, खोटाङ–हलेसी, ओखलढुंगा– मानेभन्ज्याङ, सिन्धुली–गोलझोर, रामेछाप–मन्थली, ललितपुर–महांकाल, हेटौडा राजमार्ग, कान्ति राजमार्ग, त्रिभुवन राजमार्ग, लमजुङ – मनाङ राजमार्ग अवरुद्ध भएका छन्।