काठमाडौं। चार लाख घुससहित जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामा पक्राउ परेका छन्।
शुक्रबार लामालाई ४ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान टोलीले नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।