त्रिभुवन विमानस्थल बन्द, अन्तर्राष्ट्रिय विमान भारततर्फ ‘डाइभर्ट’

बिएल

राजधानी काठमाडौंमा विहिबारदेखि परेको बर्षाका कारण देशको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल केही समयका लागि बन्द गरिएको छ।

शुक्रबार दिउँसो १२ बजे विमानस्थल बन्द भएपछि अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। थाई एयरलाइन्स, कतार एयरलाइन्स र नेपाल एयरलाइन्सको विमानहरू भारततर्फ ‘डाइभर्ट’ गरिएको छ।

त्रिभुवन विमानस्थलको धावनमार्गमा पानी जमेपछि बिहान नेपालगञ्जबाट अवतरण गरेको यती एयरलाइन्सको विमान चिप्लिएर बाहिर गएको छ। विमानस्थल बन्द भएपछि विमानलाई धावनमार्गमा पुनः ल्याउने प्रयास जारी रहेको त्रिभुवन विमानस्थल सुरक्षा विभागका एसएसपी सन्दीप भण्डारीले बीएल मिडियालाई जानकारी दिए।

‘अन्तर्राष्ट्रिय विमान भारततर्फ डाइभर्ट गरिएको छ। अहिले यती एयरलाइन्सको विमान धावनमार्गमा ल्याउने प्रयास भइरहेको छ,’ एसएसपी भण्डारीले भने।

प्रकाशित मिति: : 2019-07-12 12:47:13

प्रतिकृया दिनुहोस्