देशभरीमा बाढी पहिरो, उद्धार कार्यमा सबै सुरक्षा निकाय परिचालित (भिडियो सहित)

तस्बिरः बिएल

काठमाडौं । दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सातै प्रदेशमा रहेका विपत ब्यवास्थापनको टाली परिचालित भएको छ ।

‘बाढी पहिरो तथा उद्धार कार्यमा हामी चखानो भएर बसेका छौं, सातै प्रदेशमा रहेका बिपत ब्यवस्थापनका टोली तैनाथ राखिएको छ’, प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए।

निरन्तरको अविरल वर्षाले देशका विभिन्न भागमा राजमार्गहरु अवरुद्ध भएका छन्।

वीपी राजमार्ग, बुटवल पाल्पा सडक खण्डसँगै भोजपुर धरान जाने बाटो बन्द भएको छ। काभ्रेको रोशी गाउँपालिकाको दुई स्थानमा पहिरो जाँदा वीपी राजमार्ग अवरुद्ध भएको छ।

यस्तै बुटवलबाट पाल्पा जाने बाटो पनि बन्द भएको छ। लमजुङ हुँदै मनाङ जाने बाटो पनि वर्षापछिको पहिरोका कारण बन्द भएको छ। भोजपुर धरान सडकखण्ड पनि अवरुद्ध भएको छ।

यस्तै मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ। सिन्धुलीको  गोलन्जोर गाउँपालिकामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।

यस्तै भारी वर्षाको कारण प्रदेश १, २, ३ का चुरे र पहाडको क्षेत्रबाट बहने प्राय नदीहरूमा जलसतह सतर्कता तह आसपास पुगिसकेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। थप वर्षा हुने क्रम जारी रहेकाले तटीय क्षेत्रमा  उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

कहाँ के कति क्षति हेर्नुहोस् अहिले बिहानसम्मको पूर्ण विवरण

 

प्रकाशित मिति: : 2019-07-12 12:05:05

प्रतिकृया दिनुहोस्