काठमाडौं । अविरल वर्षाको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्। बिहीबार देखि मुलुकभर भएको भारी वर्षाले अधिकांश उडान प्रभावित भएका छन्।
लगातार भएको वर्षाको कारण अधिकांश पर्यटकीय र दुर्गम गन्तव्यका उडान प्रभावित भएका हुन्।
वर्षाका कारण भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुरका सबै उडान रद्द भएका छन्।
यस्तै वर्षाको कारण पोखरा, सिमरा, भरतपुर, नेपालगन्ज, धनगढीलगायतका गन्तव्यका उडान पनि आंशिक प्रभावित भएका छन्।
धावनमार्गमा अत्याधिक पानी परेको र ‘भिजीविलिटी’ समेत नभएका कारण निजी सेवा प्रदायकले दुर्गमका गन्तव्यमा उडान नगरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थल कार्यालयले जानकारी दिएको छ।
आन्तरिक उडान हुन नसक्दा विमानस्थलको आन्तरिक कक्षमा यात्रुको ठूलो भीड लागेको छ।
विमानस्थलबाट आन्तरिक गन्तव्यमा दैनिक सयौं उडान हुने गरेको छ।