काठमाडौं । दुई दिनदेखि लगातार परेको पानीले देशभरका अधिकांश खोलानालाको बहाव खतराको सुचकमाथि पुगेको छ ।
बाढी पूर्वअनुमान महाशाखाका अनुसार शुक्रबार ९ बजेदेखि कोशी, बागमती, मेची,निन्दा,विरिङ,मावा, रतुवा, नुनखोला, लोहन्द्रा, बुढीखोला, खेसिलिया, सुनसरी खोला, त्रियुगा, वालन, खुट्टी, चुरियाखोला, खाडो, माहुली, रातो, हर्दी, लालबकैयालगायतनदीको बहाव खतराको विन्दुमाथि पुगेका छन्।
महाशाखाका अनुसार प्रदेश १, २ र ३ का सबै चुरे खोलाहरुमा बहाब पनि सतर्कता माथि र उच्च खतरायुक्त छ।
त्यस्तै कमला नदी धनुषा तितरिया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र जारी रहेकाले धनुषा र सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्रमा बासिन्दालाई सतर्क रहन बाढी पूवानुमान शाखाले अनुरोध गरेको छ ।
यो अवस्था शनिबारसम्मै कायम रहने भएकाले होसियारी अपनाउन सर्वसाधारण आग्रह गरेको छ।