धनगढीको हसनपुर र एलएनचौक डुवानमा

तस्बिरः पश्चिम टुडे

दुई दिनदेखि अनवरत परिरहेको पानीका कारण धनगढीको विभिन्न स्थान डुबानमा परेका छन्। बुधबार रातीदेखि सुरु भएको बर्षा अहिलेसम्म रोकिएको छैन। जसका कारण हसनपुर, एलएनचौक, वडा नम्बर १७ को कनरीलगायत क्षेत्र डुवानमा परेको छ।

निरन्तरको बर्षाका कारण कैलालीको कर्णाली नदी, कान्द्रा, मोहना, पथरैया, खुटिया, काँढालगायत नदीमा बाढी आएको छ।

चिसापानी मापन केन्द्रकी पार्वती गुरुङले कणाली नदीमा पानीको सतक बढेपनि चिन्ता गर्नुपर्ने स्थिति नरहेको बताएकी छिन्।

 

प्रकाशित मिति: : 2019-07-12 10:12:50

प्रतिकृया दिनुहोस्