विराटनगरलगायत वरिपरिका क्षेत्र जलमग्न, २ दिनदेखि मानिसहरू घरमै थुनिए

बिएल

प्रदेश नम्बर १ मा विगत दुई दिनदेखि अनवरत परिरहेको बर्षाका कारण जनजीवन ठप्प भएको छ। मोरङ जिल्लामा विगत सातादेखि पानी परिरहेको छ। तर, बुधबार रातीदेखि परिरहेको बर्षा दुई दिनसम्म नरोकिएपछि स्थानीयवासिन्दाको जनजीवन कस्टकर बन्न पुगेको छ।

बर्षाका कारण बखरी नजिकैको मुसहर टोलमा घरभित्र पानी पसेको छ। बखरीका स्थानीय रुपेश मलिक आफू २ दिनदेखि घरबाट बाहिर निस्किन नसकेको बताउँछन्। ‘दुई दिनदेखि लगातार पानी परिरहेको छ। त्यसैले घरबाट निस्किन सकेको छुइनँ,’ उनले ब्रेक एन लिंक्स (बीएल) मिडियासँग भने।

बर्षाकै कारण विहिबार राती रंगेली–कानेपोखरी सडक खण्डको गेउरिया खोलाको डाइभर्सन पानीले बगाएको छ। जसका कारण एक व्यक्तिलाई खोलाले बगाएको छ। स्थानीय प्रहरीका अनुसार बिहानसम्म बेपत्ता भएका व्यक्ति फेला परेका छैनन्।

विराटनगरको अवस्था पनि कठिन बनेको छ। राष्ट्रिय मौसम विभागले केही दिन अझै पानी पर्ने भएका कारण उच्च सतर्कता अपनाउन अपील गरेको छ। नेपाल सरकारले पनि बर्षा प्रभावित क्षेत्रमा सावधानी अपनाउन स्थानीयवासीसँग अपील गरेको छ।

 

 

प्रकाशित मिति: : 2019-07-12 09:39:54

प्रतिकृया दिनुहोस्