मोरङको रंगेली नगरपालिका–५ स्थित आँपगाछीमा विद्युत प्राधिकरणको लापरवाहीले करेन्ट लागेर १४ बर्ष बालकको मृत्यु भएको छ ।
बुधबार बिहान घर बाहिर निस्कने क्रममा बाटोमा बिधुत प्राधिकरण को तार झरेपछि करेन्ट लागेर गुलावचन ऋषिदेवका १२ वर्षीय छोेरा प्रमोद ऋषिदेवको मृत्यु भएको हो । बिहानै पोल ढले पनि स्थानीय बासिन्दाले विद्युत प्राधिकरण र प्रहरीलाई जानकारी नगराउँदा घटना भएको प्रहरीले जनाएको छ ।
रंगेली विद्युत प्राधिकरण कार्यालयका शाखा प्रमुख सञ्जय गुप्ताले करेन्ट लागेर बालकको मृत्यु भएको घटनामा प्राधिकरणको कमजोरी रहेको स्वीकार गरे ।
तर, अबका दिनमा अरु पोल तत्काल परिवर्तन गर्दै आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्ता जनाएका छन् ।
मृतक का परिवारलाई प्राधिकरणकोे तर्फबाट बालकको किरिया खर्च वापत २५ हजार र पीडित परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिइने समेत प्राधिकरणले जानकारी दिएको छ।