फ्रान्सको लेजियों एथ्रन्जेर फ्रेन्च सेनामा कार्यरत नेपाली युवा दुर्गाबहादुर मगरको पौडी खेल्ने क्रममा निधन भएको छ ।
सोलुखुम्बु ताप्तिङ चैलुङमाका ३५ वर्षीय मगरको पौडी खेल्ने क्रममा आईतबार निधन भएको बताइएको छ।
विगत १२ वर्षदेखि फ्रेन्च सेनामा कार्यरत मगरको छ्ट्टीका बेला पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो ।
एक सातापछि उनी शैन्य मिसनमा अन्य देश जाने तयारीमा थिए। उनी फ्रान्समा छुट्टीको समय बिताइरहेका थिए। साथीहरू सँगै बिदा मनाउने क्रममा पौडी खेल्न र पिकनिक मनाउन फ्रान्सको दक्षिणी भेगमा पर्ने निम र आभिन्यों नजिकै बान्योल सुर सेजको खोलामा गएको बेला दुर्घटना भएको हो।