बङ्गलादेशमा नेपालको फोटो प्रदर्शनी

तस्बिरः बिएल

ढाका । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बङ्गलादेशको दोस्रो ठूलो सहर चितागोङमा आइतबार  नेपालको फोटो प्रदर्शनी सम्पन्न भएको छ।

‘द स्मल हेवेन’ नाम दिएको उक्त प्रदर्शनीमा नेपालका धार्मिक, ऐतिहासिक, प्राकृतिक, साँस्कृतिक सम्पदा एवम सहासिक पर्यटन सम्बन्धी फोटोहरुको प्रदर्शनी गरिएको कार्यक्रम सम्योजक बिष्णु कान्त घिमिरेले जानकारी दिए ।

बन्दिपुर युनेस्को क्लबले रोटर्याक्ट क्लब अफ इस्लामाबाद चितगोङसँगको सहकार्यमा प्रर्दशनीको आयोजना गरेको घिमिरेले बताए।

रोटर्याक्ट क्लब अफ इस्लामाबाद चितगोङको २५  औ बर्षगाँठको अवसरमा चितागोङ प्रेस क्लबको बङ्गबन्धु हलमा आयोजित प्रदर्शनीको करिब हजार जनाले अवलोकन गरेको घिमिरेले बताए ।

सोही प्रदर्शनी अवधिमा सन २०२० मार्चमा नेपालमा आयोजना गर्न लागिएको ‘एडभेन्चर नेपाल २०२०’ को समेत घोषणा गरिएको छ।

नेपाललाई अन्तर्रास्ट्रियस्तरमै सहासिक खेलहरुको हब बनाउन सकिन्छ भन्ने उद्देश्यले आयोजना गर्न लागिएको सो कार्यक्रममा बिश्वभरबाट करिब सय जना सहभागी हुने आयोज बन्दिपुर युनेस्को क्लबका अध्यक्ष टिकाराम पनेरूले बताए ।

सन् २०१३ देखि बङ्गलादेशका विभिन्न संघ सँस्था सगको सहकार्यमा बन्दिपुर युनेस्को क्लबले हरेक बर्ष नेपालको पर्यटन प्रवर्द्धन गर्न एडभेन्चर क्याम्प र साँस्कृतिक आदनप्रदानका कार्यक्रमहरु गर्दै आएको छ।

प्रकाशित मिति: : 2019-07-09 13:33:15

प्रतिकृया दिनुहोस्