नेपालगञ्जमा रहेको ऐतिहासिक प्रसिद्धशक्तिपीठ बागेश्वरी मन्दिरको पर्खाल भत्काइएको छ । धम्बोझीदेखि त्रिवेणी सडक चौडा पार्ने र नाली निर्माण गर्ने क्रममा मन्दिरको पर्खाल भत्काइएको हो ।
मन्दिरको पर्खालसँगै सडक मापदण्डभित्र परेका घर तथा पसलका सटर पनि भत्काइएका छन् । ‘‘सडक तथा नाली निर्माणका क्रममा मन्दिरको पर्खाल भत्काइएको हो’’, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धबलशम्शेर राणाले भने।
उनले मन्दिरको भत्काइएको पर्खाल सडकका लागि आवश्यक क्षेत्रफल छाडेर पुनःनिर्माण गरिने बताए। ‘‘मन्दिरको पर्खाल छिट्टै निर्माण हुन्छ,’’ डा राणाले भने। नेपालगञ्जमा वर्षात् शुरु भइसकेपछि पनि भित्री सडक तथा नाली निर्माणको काम भने भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।