भारतको मौसम विभागले देशको १७ राज्यमा ‘हाई–अलर्ट’ जारी गर्दै ३–४ दिनसम्म ठूलो बर्षा हुने चेतावनी दिएको छ। नेपालसँग जोडिएको उत्तर–पूर्व तथा दक्षिण र पश्चिमी राज्यमा पनि बर्षाको सम्भावना अत्याधिक रहेको विभागले जनाएको छ।
अरब सागरमा ५० किमी प्रति घण्टाको बेगले हावा चल्न सक्ने र यसले कर्नाटकाको समुन्द्री एरियामा तीब्र ज्वारभाट उठ्ने बताइएको छ। केरल र लक्ष्यदीपमा पहिलेदेखि नै अलर्ट जारी भइसकेको छ।
शनिबार र आइतबार पूर्वी राजस्थान, गुजरात, गोवा, महाराष्ट्रमा ठूलो पानी परेको थियो। महाराष्ट्रको कोल्हापुरमा लगातारको बर्षापछि स्थिति गम्भीर बनेको छ।
नासिकमा २४ घण्टामा १७ सेमीभन्दा बढी पानी परेको बताइएको छ। गोदावरी नदीको किनारामा रहेको २ सय ५० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
गुजरातको बलसाड पनि पानीले डुबेको छ।