टेलरिङको आवरणमा दम्पतीद्धारा लागूऔषधको डिलर सञ्चालन

बिएल

कपडा सिलाउने टेलरको आवरणमा अवैध लागूऔषधको कारोबार गर्ने ३ जनालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ललितपुर महानगरपालिका ११ बाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप दोरम्बाका सुरेश नगरकोटी, उनकी श्रीमती अजिता गुरुङ छन्। 

पक्राउ परेको दम्पतीले लामो समयदेखि टेलरिङको आवरणमा अवैध लागूऔषधको कारोबार गर्दै आएको ब्यूरोले जनाएको छ। प्रहरीले उनीहरूबाट डाईजेपाम १७८३ एम्पुल, बुप्रोनोर्फिन २१ सय २१ एम्पुल र फेनारगन १२ सय १ एम्पुल बरामद गरेको छ।

जोडीले लामो समयदेखि खुद्रा तथा होलसेलमा लागूऔषधको कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति: : 2019-07-07 17:10:40

प्रतिकृया दिनुहोस्