काठमाडौंंमा ४ दशमलव ६ स्केलको भूइँचालो, भक्तपुर केन्द्रबिन्दु

बिएल

काठमाडौंमा दिउँसो ४ बजेर १५ मिनेटमा ४ दशमलव ६ म्याग्नेच्युडको भूइँचालो गएको छ। काठमाडौंको नजिकै भक्तपुर स्थित सल्लाहघारीलाई केन्द्रबिन्दु बनाएर भूइँचालो गएको भूकम्पमापन केन्द्रले जानकारी दियो।

शनिबार छुट्टीको दिन प्रायः सबै परिवार घरमा बसेको बेला एक्कासी घर हल्लिन थालेको थियो। भूइँचालो गएको सुइँको पाएपछि धेरैले २०१५ मा नेपालमा आएको महाभूकम्पको सम्झना गरेका थिए। ४ वर्षअघि पनि शनिबारकै दिन भूइँचालो गएको थियो।

प्रकाशित मिति: : 2019-07-06 16:49:38

प्रतिकृया दिनुहोस्