हत्या, अपरहरणलगायत ८ वटा मुद्धामा प्रहरीले सर्वाधिक खोजी गरिरहेको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रिय सदस्य नसिम खां मुसलमानलाई नेपाल प्रहरीले शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको छ। कपिलबस्तुका नसिमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) को टोलीले खानलाई पक्राउ गरेको हो।
‘काठमाडौं आएको सूचनाको आधारमा नियन्त्रणा लिएका हौं। थप अनुसन्धान भइरहेको छ,’ व्यूरोका एसपी दिपक रेग्मीले भने।
नसिम पछिल्लो समय कपिलबस्तुमा २०७४ फागुनमा एक बालकको अपहरणपछि हत्या गरेर फरार भएका थिए। तीन दिनपछि बालकको शव खानको घर नजिकै फेला परेपछि प्रहरी खोजीमा लागेको थियो।
उनी विरूद्ध २०६३ साल यता आठ वटा हत्याका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।