छिमेकी चीनमा अब सर्वजनिक स्थानमा सर्ट फुकालेर हिड्ने मानिसहरूले जरिवाना तिर्नुपर्ने नियम लागु गरिएको छ। चीनको सेनडाङ प्रान्तमा यो नयाँ नियम लागु गरेपछि मानिसहरूले सोशल मिडियामा आफूहरूले कसरी ‘सिक्स प्याक’ देखाउने भनेर ठट्टा गरेका छन्।
सेनडाङ प्रान्तका अधिकारीले सार्वजनिक स्थलमा हुने अभद्र व्यवहारलाई रोक्न नयाँ नियम लागु गरिएको बताएका छन्।
यो नियम चीनको थुप्रै शहरमा लागु हुनेछ।
जरिवानाको रकम कति हुने त्यो स्पष्ट गरिएको छैन।
चीनमा गत मार्चमा पनि नयाँ नियम लागु गर्दै झरनामा खुट्टा र कपडा धुने व्यक्तिलाई आर्थिक जरिवाना घोषित गरिएको थियो। यस्तै, सार्वजनिक स्थलमा थुक्ने व्यक्तिलाई पनि जरिवाना लगाउने नियम पास गरिएको थियो।