जुम्लामा राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु

बीएल

जुम्ला जिल्ला प्रशासन कार्यालय जुम्लाले राष्ट्रिय परिचयपत्र वितरण संकलन सुरु गरेकाे छ । शुक्रबार बिहान एक अनाैपचारिक कार्यक्रम गरि विवरण संकलन कार्य सुरु गरिएकाे छ ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाकि मेयर कान्तिका सेजुवालकाे अनलाइन फारम भरेपछि राष्ट्रिय परिचयपत्रकाे लागि विवरण संकलन कार्यकाे सुरुवात गरिएकाे प्रशासन कार्यालयले जनाएकाे छ।

सरकारले सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रको रुपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गर्ने व्यवस्था गर्ने गरि आर्थिक वर्ष २०६६/०६७ को नीति तथा कार्यक्रम र बजेट ल्याएका थियाे।

साेही अनुरुप सबैभन्दा पहिला पाँचथर जिल्लामा विवरण संकलन र परिचयपत्र वितरण गरिसकिएकाे छ।त्यस्तै सिंहदरबारमा कार्यरत कर्मचारी ले समेत राष्ट्रिय परिचयपत्र पाइसकेका छन् । दाेस्राे चरणमा जुम्ला सहिद १५ वटा जिल्लामा विवरण संकलन कार्य सुरुवात गरिएकाे छ।

 हाललाई विवरण संकलन कार्यमात्र गरिएकाे भएपनि राष्ट्रिय परिचयपत्र भने तत्काल नपाइने जानाइएकाे छ। विवरण भर्नकाे लागि नागरिकता प्राप्त गरेकाे हुनपर्ने र जहाँबाट भर्ने हाे साेही जिल्लाकाे स्थाई बासिन्दा हुनुपर्ने प्रावधान छ । एक पटकमा दुई जनाकाे विवरण भर्न सकिने व्यवस्था मिलाईएकाे छ ।

एउटा फारम भर्न कम्तिमा अाधा घण्टा लाग्ने छ भने दिनमा ५० जनालाई सेवा दिन सकिनेछ । प्रजिअ दुर्गा बन्जाडेले बताइन । परिचय पत्र बनाउने टेन्डर फ्रान्सकाे आइडेनिया अाइडेन्टिटी एण्ड सेकुरेटी कम्पनीले पाएकाे छ

प्रकाशित मिति: : 2019-07-05 10:25:58

प्रतिकृया दिनुहोस्