भारतमा एउटा अनौठो परिदृश्य देखा परेको छ। घटना मध्य प्रदेशको इन्दौरको हो। जहाँ सरकारी अस्पताल महाराजा यशवन्तरावमा कसैले कल्पना नगरेको दृश्य देखा पर्यो।
बुधबार हड्डी रोग विभागका डाक्टरले बेड अभावमा एउटै बेडमा पुरुष तथा महिला विरामीलाई सुताएर उपचार गरेका छन्।
डाक्टरको यो हर्कत सार्वजनिक भएपछि अस्पताल प्रमुख डाक्टर पिएस ठाकुरले सेवामा खटिएका डाक्टर, नर्सिङ विभागकी इन्चार्ज, नर्सलाई स्पष्टीकरण सोधेका छन्।
घटना सार्वजनिक भएलगत्तै विमारामी महिलालाई अर्को अस्पतालमा पठाइएको छ।
एउटा दुर्घटनामा १० दिनअगाडि घाइते भएकी संगीतालाई खन्डवा जिल्लास्थित सरकारी अस्पतालमा भर्ती गराइएको थियो। यही अस्पतालमा पुरुष विरामी रामप्रसादलाई पनि भर्ती गरिएको थियो।
महिलाका श्रीमानले छिटो उपचार गराउने हतारोका बीच एउटै बेडमा राखेर पुरुषसँग आफ्नो श्रीमतिको उपचार गराएको आरोप लगाए।
उनले भने, ‘डाक्टर बाहिर जाने भन्दै हामीलाई छिटो उपचार गराउन भनियो। उपचारका लागि स्ट्रेचर ल्याउँदा अर्को विरामी पनि सँगै थिए।’