सन्धिखर्क । गुल्मीको गोरूसिंगे-सन्धिखर्क सड्कअन्तर्गत सुपादेउराली मन्दिर नजिकै भएको जिप दुर्घटना परी तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार कृष्णनगरबाट सन्धिखर्क आउँदै गरेको लु १ ज १३२९ नम्बरको जिप बिहिबार दिउँसो दुर्घटनामा परेको हो।
जिप सडकबाट ५०० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।
जिपमा सवार १० मध्ये घाइते पाँच जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारका लागि पठाइएको प्रहरीको भनाइ छ।
घटनास्थलमै मृत्यु भएका तीनै जना पुरूष रहे पनि उनीहरूको परिचय नखुलेको प्रहरीले जनाएको छ।