भारतको व्यापारीक शहर मुम्बईमा राति रोकिएको वर्षा बुधबार बिहान फेरि हल्का सुरु भएपछि ट्राफिक जामले जनजीवन प्रभावित भएको छ। वेस्टर्न एक्सप्रेस–वेमा बिहान ५ किलोमिटरसम्म जाम देखिएको थियो।
राती पानी रोकिएपछि काममा निस्किएका मुम्बईवासी जाममा फसेका थिए। मुम्बईमा विमान सेवा अझै सुरु हुन सकेको छैन। विमानस्थलको रनवे अझै बन्द छ।
सोमबारदेखि बन्द विमानस्थल खुल्न अझै एक दिन लाग्ने बताइएको छ। हालसम्म २ सय ३ फ्लाइट्स रद्द भइसकेका छन्। बर्षाका कारण स्पाइस जेटको विमान रनवेबाट चिप्लिएको थियो।
मुम्बईको नीजि मौसम एजेन्सी स्काईमेटले अझै दुई बाक्लो वर्षा हुने भाविष्यवाणी गरेको छ। आउँदो दुई दिनमा २ सय मिलिमिटर पानी पर्ने दावी स्काईमेन्टले गरेको छ।
महाराष्ट्रमा वर्षाका कारण मर्नेको संख्या ४० पुगेको छ। मलाडमा पर्खाल भत्किँदा मर्नेको संख्या २३ पुगेको छ। मलाड सबवेमा कार डुबेर २ जनाको निधन भएको बताइएको छ।