पाँचथरमा कुकुर र विरालोको बन्ध्याकरण

तस्बिरः बिएल

पाँचथर ।

पाँचथरको फिदिममा सार्वजनिक रूपमा रहेका ७५ कुकुर बिरालोको बन्ध्याकरण गरिएको छ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरको  आयोजनामा  ३ दिन सम्म संचालित शिविरमा ७५ वटा कुकुर विरालोको  निःशुल्क वध्याकरण गरीएको पशु सेवा विज्ञ केन्द्र पाँचथरका प्रमुख इन्द्रनारायण शाहले वताए।

भेटनेरी अस्पतालले घर पालुवा कुकुर र विरालोसँगै सार्वजनिक रुपमा रहेका कुकुर समेत समातेर बन्ध्याकरण गरिरहेको कार्यालयका सूचना अधिकारी निरज भट्टराईले जानकारी दिए । वन्ध्याकरणमा मेल तथा फिमेल दुवै कुकुर विरालोको वन्ध्याकरण गरीएको जस्का कारण अनावश्यक रुपमा हुने कुकुर विरालोको प्रजनन् दरमा कमी आई रेविजको संक्रमणमा कमी आउने अपेक्षा गरीएको छ ।

शिविरमा जिल्ला वाहीरवाट आएका डग क्याचरहरुले वजारमा रहेका सार्वजनिक कुकुर विरालोहरु पासोमा पारेर भेटेनरी अस्पताल सम्म पुर्‍याउने र पासोमा परेका कुकुरलाई सुइ लगाएर लट्याएपछि बन्ध्याकरण गरिएको हो  ।

प्रकाशित मिति: : 2019-07-03 10:36:38

प्रतिकृया दिनुहोस्