उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंहलाई सेवाबाट हटाईयो

३८ सय किलो सुन र सनम शाक्य हत्या प्रकरणमा तानिएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंहलाई सेवाबाट पदमुक्त गरिएको छ।
न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षातामा सोमबार साँझ बसेको परिषद्को बैठकले सिंहलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले न्यायाधीश थीरबहादुर कार्की र साधुराम सापकोटाको बढुवा रोक्का गर्ने निर्णय भएको छ।
कार्यसम्पादन प्रक्रिया चित्तबुझ्दो नभएपछि उनीहरुलाई दुई वर्षसम्मका लागिे बढुवा रोक्का गरिएको छ ।
सर्वोच्चले यसअघि न्यायाधीशद्वय कार्की र सिंहलाई गम्भीर प्रकृतिको संलग्न देखिएको भन्दै ७ दिनभित्र स्पष्टीकरण माग गरेको थियो ।
सनम शाक्य र सुन मुद्धाका आरोपीलाई घरौटीमा छाड्दा आर्थिक चलखेल गरेको र नियमभन्दा बाहिर गएको भन्दै न्याधीशलाई केन्द्रमा तानेर अनुसन्धान थालिएको थियो।
न्यायपरिषद्ले मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ५ न्यायाधीशलाई यस अघि सफाइ दिएको थियो।
भुर्तेल, न्यायधीशहरू सारगा सुवेदी,जनक पाण्डे, उमेशराज पौडेल र नागेन्द्र लाभ कर्णको उजुरी तामेलीमा राख्ने निर्णय भएको थियो।

प्रकाशित मिति: : 2019-07-02 10:24:36

प्रतिकृया दिनुहोस्