अमेरिकाको राजधानी वासिङ्टन डीसी मेट्रो क्षेत्रमा जारी डीसी मेट्रो सप्ताहमा दानवीर-विरंगनाहरूले मन खोलेर दान दिएको आयोजकहरूले बताएका छन् ।
मूलत: नेपाली सामुदायिक भवन निर्माणार्थ सहयोग उठाउने अन्तर्यले आयोजित सप्ताहको पाँचौ दिनसम्ममा १० लाख २५ हजार अमेरिकी डलर दान प्राप्त भैसकेको बताइएको छ । विभिन्न किसिम र दरका सदस्यतामार्फत् ठुलो राशीमा सहयोग उठेको छ भने सदस्यता नलिई दान मात्र दिनेहरूको संख्या पनि उल्लेख्य पाइएको छ ।
आयोजकहरूको पब्लिसिटीले राम्ररी काम गरेको जस्तो देखिएको छ र दानवीर-विरंगनाहरू दान दिने कार्यमा प्रतिस्पर्धामै उत्रिएजस्तो देखिएको छ ।
आयोजकहरूकै शव्द पैचो लिएर भन्दा अहिलेसम्म दान दिनेमा प्रेम भण्डारी परिवारले सबैलाई जितेको छ । इञ्जिनयर भण्डारीले विहीबार सपरविार सईताह आयोजनास्थलमा पुगेर ५० हजार अमेरिकी डलर दिने घो्षणा गरे । भर्जिनियाको साउथ राइडिंग निबासी दानवीर भण्डारी कुल होम नामक कम्पनी स्थापना गरेर निर्माण व्यवसायमा संलग्न रहेको बताइएको छ । यसअघि हरि अधिकारीले सबैभन्दा ठुलो दान राशी ४० हजार दिने घोषणा गरेका थिए ।
जुन २२ देखि सुरू भएको सप्ताहको समापन जुन २९ मा हुदैछ । सप्ताहको मुख्यवाचक पण्डित दिनबन्धु पोखरेल रहेका छन् ।