भारतको आर्थिक शहर मुम्बई फेरि जलमग्न भएको छ। १५ दिन ढिलो महाराष्ट्रमा छिरेको मनसुनका कारण मुम्बई शहर फेरि तनावमा देखिएको हो। महाराष्ट्रको पालघरसमेत मुम्बईको धेरै जिल्लाहरूमा शुक्रबार बिहानदेखि मुसलधारे पानी परेको थियो।
तीब्र गतिमा परेको बर्षाका कारण गहिरो क्षेत्रमा पानी जम्न सुरु भएको छ। अधिक पानीका कारण यातायात सेवा ठप्प भएको बताइएको छ।
मुम्बईमा मुसलधारे पानीका कारण २००५ मा १ हजार व्यक्तिको ज्यान गएको थियो। यस्तै, राज्यलाई ५ सय करोड क्षति भएको थियो।