सर्लाहीको मलंगवा नागरपालिका ९ स्थित आखा केन्द्र अस्पताल भित्र नै एक महिलाको हत्या भएको छ। बिहिवार दिउँसो अस्पताल प्रमुखकी श्रीमती रौतहट यमुनामाई गाँउपालिका ३ घर भएकी २७ वर्षीय सुप्रिया भारतिको हत्या भएको हो। हत्याको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए। ' हामीलाई साढे १ बजेतिर खवर आयो । पुगेर हेर्दा हथौडा प्रहार गरि हत्या भएको अवस्थामा पाइयो।' एसपी भट्टराइले भने। भारतिलाई सोहि अस्पतालमा काम गर्ने ३० वर्षिय अमित कुमार बैढारले हथौडा प्रहार गरेर फरार भएकाले खोजी भइरहेको एसपी भट्टराईले जानकारी दिए भारतिका ४ वर्षीय छोरा समेत घाइते भएका छन्। मृतक भारति अस्पताल प्रमुख डाक्टर दीपेन्द्रकुमार रजककी श्रीमती हुन्।