यस वर्षको एसइई (माध्यमिक शिक्षा परीक्षा) परीक्षामा सबैभन्दा बढी उत्र्तीण संख्या ‘सी प्लस’ रहेको छ।
राष्ट्रिय परीक्षा बोर्डले विहिबार दिउँसो सार्वजनिक गरेको नतिजा अनुसार ९८ हजार २ सय ७ विद्यार्थी ‘सी प्लस’ ल्याएर उत्र्तीण भएका छन्।
यस पालि देशभरिका ४ लाख ७५ हजार विद्यार्थीले एसइई परीक्षा दिएका थिए। जसमा १७ हजार ५ सय ८० जनाले मात्र ‘ए प्लस’ ल्याउन सफल भए।
बोर्डले सातै प्रदेशको ग्रेडिङ प्रणलीअनुसार छुट्टाछुट्टै नतिजा सार्वजनिक गरेको हो।
यस वर्ष ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या १७ हजार ५ सय ८० रहेको छ।
यस्तै, ५१ हजार १ सय ३७ जनाले ‘ए’ ल्याएका छन्। ‘बी प्लस’ ल्याउने विद्यार्थीको संख्या ६३ हजार ७ सय ४१ र ‘बी’ ल्याउनेको संख्या ७६ हजार ५ सय ६४ रहेको छ।
यस्तै, ‘सी प्लस’ ल्याउने विद्यार्थीको संख्या ९८ हजार २ सय ७ र ‘सी’ ल्याउने विद्यार्थीमा ९५ हजार ३ सय ७ रहेका छन्। ‘डी’ ल्याउने विद्यार्थी ४ हजार ४ सय २९ रहेका छन्।