आज एसईई परीक्षाको नतिजा प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ । सामान्यतया बोर्ड बैठकलगत्तै नतिजा सार्वजनिक गर्ने चलन छ ।
बुधबार नै नतिजा सार्वजनिक गर्ने भनिएको तर बोर्ड बैठक बस्न नसकेर आजका लागि सरेको थियो ।
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले ब्रेक एन लिंकसँग कुराकानी गर्दै भने- 'आज दिउँसोको लागि बोर्ड बैठक बोलाइएको छ । बैठकले नतिजा प्रमाणित गरेर सार्वजनिक गर्ने निर्णय गरे लगत्तै नतिजा सार्वजनिक हुन्छ।’
गत एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।
पोहोरभन्दा यसपटक केही ढिला नतिजा प्रकाशन हुन लागेको हो । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको हो । अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गर्दथ्यो ।