करेन्ट लागेर मृत्यु

सांकेतिक तस्बिर

दोलखाको भीमेश्वर नगरपालिका–५ बिरुवामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। करेन्ट लागेर सोही वडा निवासी ४० वर्षीया दुर्गा बुढाथोकिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्थानीय शङ्कर बुढाथोकीको खेतमा रोपाइँ गर्ने गएकी दुर्गाको बिजुलीको पोललाई सपोट गर्न ढुङ्गामा बाँधेको तारबाट करेन्ट लागेर घटनास्थलमानै मृत्यु भएको प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए।

प्रकाशित मिति: : 2019-06-26 18:08:42

प्रतिकृया दिनुहोस्